• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


kukhura

crd ब्रोइलर कुखुरा लाई न हुन लाइ क्य औषधि खुवाउनु पर्ला

Amit kumar shrestha
Posted on : December 29, 2017

Amit Jee, CRD अथवा क्रोनिक रेस्पाइरेटरी रोग (घ्यार-घ्यार)रोगका लक्षणहरु: कतिपय मामलामा सङ्क्रमण भएको नभएको कुरा पत्ता लगाउन गाह्रो हुन्छ भने धेरै जसो मामलामा कुखुराहरुमा भिन्न स्तरको स्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छन। ख्यार-ख्यार गर्नु श्वासप्रश्वास गर्न गाह्रो हुनु खोक्नु, मुख् खोलेर श्वास फेर्नु आच्छ्यू गर्नु नाकबाट सिगान बगिरहनु, आखामा कचेरा देखिनु आखा वरिपरिको भाग सुन्निनु उत्पादन घट्नु, दाना-पानीमा रुची नराख्नु, चल्ला काढ्न भनि राखिएको अण्डा बाट कम चल्ला निस्कनु, अण्डा बाट निस्कने जिबित चल्ला को सङ्ख्या कम हुनु पोस्ट्मार्टम : ऐयर स्याक ( हावा थैली) धमिलो तथा बाक्लो हुने, मुटुमा जालो पर्ने, जालो जस्तो सेतो तहले कलेजो ढाकिने, नाकको भित्री भाग, साइनस र स्वासनलीमा चिप्लो सिगान जस्तो पदार्थ भेटिनु, पाठेघर सुन्निनु (अण्डा पर्ने कुखुरा मा ) रोकथाम : टियामुलिन् को प्रयोग बाट यो रोगलाई रोकथाम गर्न सकिन्छ। उपचार : यो रोगको उपचारको लागी एन्टिबायोटिक को प्रयोग हुन्छ। टाइलोसिन, टेट्रासाइक्लिन जस्ता औसधी हरु धेरै प्रयोगमा आउने गर्छन्। कति मात्रामा कुन औसधी चलाउने भन्ने कुरा लाई ध्यान दिई किसानले भेटेरिनरी डाकटरको सल्लाह बमोजिम मात्र औसधी प्रयोग गर्नु उचित हुन्छ। त्यसो नगरिएको खण्डमा फार्ममा अझ जटिलता आउन सक्छ। -Pawan Shrestha, Farm.com.np

Commented on : December 30, 2017
Krishi Guru

thankyou sir

Commented on : January 02, 2018
Amit kumar shrestha
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com