मैले हाल चालै व्यवसाहीक रूपमा लोकल कुखुरा पालन गर्ने हिसाबले 100 ओटा चल्ला राखेको छु यसको लागी कुन कुन औषधी हरू कती मात्रा मा दिदा राम्रो होला जानकारि पाएमा आभारि हुने थिए
निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ । १. नयां कुखुरा पाल्नका लागि अन्यत्रबाट किनेर ल्याईसकेपछि सबै भन्दा पहिले रानीखेर्त िवरुद्ध खोप लगाउनु पर्दछ । २. हप्ता दश दिन सम्म किनेको कुखुरालाई छुट्टै खोरमा राखेपछि मात्रै आफ्नो घरको कुखुरासंग मिसाउनु पर्दछ । ३ विरामी र स्वस्थ्य कुखुरा अलग अलग राख्नुपर्छ । ४. रोग फैलिएको समयमा आफ्नो स्वस्थ्य कुखुरा वाहिर छाड्नु हुंदैन । ५. कुखुरालाई सफा पिउने पानीको ब्यवस्था गर्नु पर्छ । सकिन्छ भने पानीमा पोटास अथवा वेसार मिसाउनु पर्छ । ६. प्रत्येक दिन कुखुरालाई सन्तुलित आहारा उपलब्ध गराउनु पर्दछ । ७. कुखुराको खोर भित्र र वाहिर समय समयमा चुना छर्किनु पर्दछ र तुलसी, निम र सुर्तीको पातको धुंवा समय समयमा खोरमा देखाउंदा वाह्य परजिवीहरुबाट कुखुरालाई वचाउन सकिन्छ । ड. मरेका कुखुरालाई वाहिर फाल्नुको साटो गहिरो खाल्डो खनी चुना हालेर पुर्नु पर्छ ।