• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


giriraj kukhura baarema vandina paro.

giriraj kukhura sambandhi sampurna details janna paye hunthyo.

bibek koirala
Posted on : March 20, 2018

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र ५ महिनामा लगभग ३ किलो ३ सय ग्रामसम्म हुन्छ । यसले एक वर्षमा १८० वटासम्म अण्डा पार्दछ, एक वर्षमा सरदर ४ किलोसम्म हुन्छ । मानव उपभोगका लागि अनुपयुक्त तथा भान्छामा खेर गएका विभिन्न खाद्य पदार्थहरुको प्रयोग गरी गिरिराज कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ । उपभोक्ताहरुले यो कुखुराको मासु र अण्डा अन्य यस्तै जातभन्दा बढी वा स्थानीय जस्तै मन पराउने भएकाले पनि यसले राम्रो बजार पाउने निश्चित छ । यसका अलावा यो जातको कुखुरालाई उन्नत जातको घाँसहरु जस्तै बर्सिम र कम्फ्रे तथा स्थानीय स्तरमा उपलब्ध हुने अन्य भुई तथा डालेघाँसहरु खुवाएर पनि पाल्न सकिन्छ । विद्युत आपूर्ति नभएको ठाउँमा स्थानीय स्तरमा उपलब्ध हुने सामाग्री प्रयोग गरेर न्यानो पार्ने बुडिङ बाकस समेत तयार पार्न सकिन्छ । यो कुखुरालाई अर्धछाडा छोडी पाल्ने किसिमले हुने घरटहरा बनाउनु पर्दछ । बस्ती र शहरबाट तुलनात्मक रुपमा टाढा भए पनि यातायातको सुविधा र बजारको व्यवस्था भएको ठाउँको छनौट गरिनुपर्दछ । गिरिराज कुखुरा स्थानीय स्तरमा पाइने दाना, घाँस, जाँडको कट र घरमा फ्याँकिएको अन्न आदि खुवाई सस्तो किसिमबाट उत्पादन लिन सकिने जात भएकोले यसलाई त्यसै अनुकूलको प्रविधिबाट व्यवस्थापन गर्नुपर्दछ । खोरको सन्दर्भमा सफा गर्न सजिलो, हावाको सञ्चार राम्ररी हुने र स्थानीय स्तरमा उपलब्ध हुन सक्ने सामग्रीको अधिकतम प्रयोग गर्न सकिने खालको बनाउन जरुरी हुन्छ । किसानहरुको यस्तै खालको मागलाई सम्बोधन गर्न बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रमद्वारा ७ वटा कुखुरा पाल्न सकिने स्थानीय स्तरमा पाइने सामग्रीहरु प्रयोग गरेर ५÷३÷४।५ घन फिटको खोर निर्माणको प्रविधि विकास गरेको छ ।

Commented on : March 21, 2018
krishiG

~ अन्य भरपर्दो स्रोत बाट सारिएको ।

Commented on : March 21, 2018
krishiG
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com