• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


लोकल कुखुरा

म व्यावसायिक रुपमा लोकल कुखुरा पाल्ने सोचमा छु बासस्थान र आहारा ब्यवस्थापन सम्बन्धि प्राबिधिक सल्लाह चाहियो । सल्लाह प्राप्त भय आभारी हुनेथियँ।

खेमराज खराल
Posted on : January 31, 2017

कुखुराको लागि छुट्टै खोरको आवश्यकता पर्दछ । खासगरी कुखुरालाई वस्ने र अण्डा पार्ने सुरक्षित ठाउं चाहिन्छ । हाम्रा गाउंहरुमा पाईने स्थानीय वांस, माटो, काठ, दाउरा, खरबाट कुखुरालाई कम खर्चमा राम्रो खोर वनाउन सकिन्छ । खोर वनाउंदा खोर भित्र स्वच्छ हावा वारपार गर्ने, पानीवाट वचाउने, सिकारी जिवजन्तुबाट वचाउने र घाम लाग्ने कसरी वनाउन सकिन्छ भनेर ध्यान दिनु पर्छ ।

Commented on : February 19, 2017
Krishi Guru

सामान्यतया लोकल कुखुरालाई वाहिर घुम्न छोडिदिन्छौ र आफ्नो आहारा आफै खोज्छन् । तर यसले मात्र कुखुरालाई चाहिने सबै पोषण प्रयाप्त मात्रामा कुखुरालाई पुग्दैन । त्यसैले हाम्रो गाउंघरमा उत्पादन भएको मकै, चामल, गहुंको चोकर, कोदो ईत्यादि मिसाएर खान दिनु पर्दछ । यसको साथसाथै हरियो सागपात जस्तै मुला, वन्दा, काउली, रायोको पात पनि खान दिन सकिन्छ । साथै धमिरा र अन्य मरेका ससाना किराहरु, हड्डी र शंखे किराका टुक्राहरु लोकल कुखुरालाई ख्वाउन सकिन्छ । यस्तो किसिमको सन्तुलित आहारा ख्वाउन सकिएमा कुखुराको रोग संग लड्न सक्ने क्षमता पनि वढ्छ, विरामी पनि हुंदैन, चांडै वढ्छ र अण्डा ठूलो र धेरै हुन्छन् ।

Commented on : February 19, 2017
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com