• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN

अरुण–४ मकैको खेती प्रविधि

चित्र बहादुर कुँवर
January 18, 2017

परिचयः

अरुण–४ मकैको जात बि.सं.२०७१ सालमा तराई, भित्री मधेश र पहाडको बेशी तथा टार क्षेत्रको लागि सिफारिश गर्न लागिएको छ । यसको पैतृक स्रोत exotic and local landraces को समिश्रण हो । यो जात जाडो तथा गर्मी हावापानीमा राम्रो हुने भएकोले सोहि अनुसार सिफारिश गर्न लागिएकोे भए तापनि यो गर्मी ठाँउको लागि बढी उपयूक्त पाइएको छ । २०५५ सालमा यो नेपालमा ल्याइँदा वा यसलाई विकास गर्दा यसको पाक्ने समय, बिरुवाको प्रकार, दानाको प्रकार आदि गुणहरुमा धेरै विविधता भएकोले रामपुरमा एक बर्ष अर्ध पैतृक छनौट प्रणालीद्वारा छनौट चक्र पुरा गरी नेपालको लोकल जर्मप्लाज्मसंग क्रस गरी त्यसबाट अरुण-४, चाँडो पाक्ने मकै निकालिएको हो । हालसम्म सिफारिश भएका चाँडै पाक्ने जातहरु मध्ये यो पनि उही सरहको कम समयमा पाक्ने र होचो बोट भएको जात हो । नेपाली बाली प्रणालीमा योे सुहाउँदो खालको मकैको जात भएकोले यो आम कृषकहरुमा ज्यादै लोकप्रिय  छ ।

अरुण-४ को दाना हल्का पहेँलो धेरैजसो पुष्ट हुन्छ । यसको उचाई १४० देखि २०० से.मी. हून्छ र ठाँउ हेरी यो १०० देखि ११५ दिनमा पाक्छ । यसको उत्पादन क्षमता ३.५ देखि ४.५ टन प्रति हेक्टर छ । यो जातले सेते रोग सहन सक्ने, यसको घोगा सानो, दानाहरु टम्म मिलेर घोगाको टुप्पासम्म दाना लाग्ने, बढी मल खपत गरी स्थानीय मकै भन्दा धेरै फल्ने, रोप्ने समय भन्दा ढिलो पनि लगाउन सकिने असिचिँत टार खेतमा पनि लगाउन सकिने, विभिन्न घुम्ती बाली प्रणालीमा सूहाउँदो, बोट होचो हूने, कम ढल्ने आदि गूणहरुको सम्मिश्रण गरिएको जात हो ।

खेती व्यवस्थापन :

यो जातको मकैलाई पनि अन्य मकैको जात (जस्तै अरुण १ वा २)  सरह खेती गर्दा हुन्छ । यो जातको लागि खेती गर्ने तरिका तल दिइएको छ ।

जमिनको तयारी :

नेपालको सर्वसाधारण कृषकले जमिनको तयारी गरे अनूसार नै यसको लागि जमिनको तयारी गरिन्छ । खास गरी २÷३ जोताई गर्नुका साथै लिड्को लगाउने, डल्ला फोर्ने काम गर्नाले माटो बूर्बूराउंदो हून्छ र बीउ राम्रोसंग उम्रिन्छ । बर्षेबाली भित्र्याई सकेपछि बारी जोतेर राख्नाले चिस्यानको पनि राम्रो संरक्षण हून्छ ।

बीउ दर :

राम्रो उमार शक्ति भएको (८५ प्रतिशत भन्दा बढी) बीउ र जमिनमा उपयूक्त चिस्यान भएमा प्रति रोपनी १ के.जी. अर्थात प्रति हेक्टर १० के.जी. भए पुग्छ । तर सधैँ उपयुक्त वातावरण नरहने हुँदा २० देखि ३० के.जी. बीउ प्रति हेक्टर प्रयोग गर्नु उपयुक्त हून्छ । सुरुमा बाक्लो छरी पछि बढी भएका बिरुवा उखेली गाई भैंसीलाई खुवाउने चलन पनि भएकोले बीउको दर केहि बढी प्रस्ताव गरिएको हो । कीराले बिरुवा काट्ने, डल्ला मुनि गएर बीउ नउम्रिने, चिस्यान कम भएर बीउ कम उम्रिने आदि जोखिमबाट समेत बच्न पनि किसानहरुले सिफारिश भन्दा बढी बीउ लगाउंछन् ।

लगाउने तरिका :

यसको बीउ एक सियो बिराई हलोको पछाडि एक हातको फरकमा रोप्ने गरिन्छ । साधारणतया एक रोपनीमा ३०७७ बोट र एक हेक्टरमा करिब ६०००० देखि ६२००० बोट भएमा बढी उत्पादन लिन सकिन्छ । यो चाँडै पाक्ने जात भएकोले एक लहर देखि अर्को लहर ६५ से.मी. र एक बोटदेखि अर्को बोटको दुरी १५ से.मी. कायम गरि ६१५३८ बोट कायम गरेमा अझै बढी उत्पादन हासिल गर्न सकिन्छ  ।

मलखाद :

मुलतः मलखाद कति चाहिन्छ भन्ने कुरा जग्गाको मलिलोपन र मलखादको उपलब्धतामा भर पर्छ । कम मलिलो जग्गामा बढी मल प्रयोग गर्नु पर्छ । साधारणतया राम्रोसंग कुहिएको गोबर वा कम्पोष्ट मल एक हेक्टरको लागि १५ देखि २० टन प्रयोग गर्नु उपयुक्त हुन्छ । कम्पोष्ट मलको उपलब्धता छ भने यो मात्रा भन्दा बढी पनि प्रयोग गर्न सकिन्छ । कम्पोष्ट मल बढी हालेमा राम्रो नै हुन्छ । यसले कुनै नोक्सानी गर्दैन । कम्पोष्ट मल जमिनको तयारी गर्दा नै हाली जोतेर पुर्नू पर्छ । मल छरी नजोती सूकाउनाले मलमा रहेका खाद्यतत्वहरुको नोक्सानी हुन्छ । रासायनिक मलको हकमा नाइट्रोजन, फस्फोरस र पोटास ६, ३, २.२५ के.जी. प्रति रोपनीका दरले दिनाले यो जातले राम्रो उत्पादन दिन्छ। राम्रो गोबर मल वा कम्पोष्ट मल बढी मात्रामा प्रयोग गरेको खण्डमा     १ के.जी. नाइट्रोजनले मात्र टप ड्रेसिङ गरेमा पनि राम्रै उत्पादन दिन्छ ।

सिंचाई :

यो जातको मकै आकाशे पानीको भरमा सफलतापुर्वक खेती गर्न सकिन्छ । सिंचाई सुविधा भएको क्षेत्रमा मकै लगाए देखि भांच्ने बेला सम्ममा १ पटक सिंचाई दिनु पर्दछ । पहिलो सिंचाई पहिलो गोडाईमा, दोश्रो सिंचाई धानचमरा निस्कने बेलामा र तेश्रो सिंचाई दाना पोटाउने बेलामा दिनु पर्दछ ।

रोग :

पातमा लाग्ने उत्तरी र दक्षिणी पात डढुवा रोग मुख्य रोगहरु हुन् । यो जातले केही हदसम्म उत्तरी पात डढूवा रोग सहन सक्छ । अन्य रोगहरु जस्तो सिंदुरे, कर्भूलेरिया मेडीज, कालोपोके आदिको यो जातमा त्यति समस्या छैन ।

कीरा :

अरुण–४ गवारो सहन सक्ने जातको रुपमा लिने गरिन्छ । खूम्रेकीरा, फेद का्ने कीरा, धागे कीराको नियन्त्रणको लागि मालाथियन धुलो (१० प्रतिशत) १० देखि १५ के.जी. प्रति हेक्टरका दरले छर्नु पर्दछ । भण्डारमा लाग्ने कीराको लागि सीड बीनमा सेल्फस चक्कीको प्रयोग गर्नु पर्दछ । एउटा बीन (१ देखि २ क्वीन्टल) मा एक चक्की राखी हावा नछिर्ने गरी बन्द गर्नु पर्दछ । घोगाहरुमा घर पोत्ने चूनाको धुलो २२५ ग्राम प्रति १०० घोगाका दरले छर्नाले घुनको नोक्सानीलाई कम गर्न सकिन्छ ।

गोडमेल :

अन्य मकैका जातलाई जस्तै यो जातलाई पनि दूई गोडाईको आवश्यकता पर्दछ । पहिलो गोडाई मकै उम्रेको २ देखि ३ हप्ता भित्र गरी सक्नु पर्दछ । पहिलो गोडाई समयमा भएन भने मकैको उत्पादनमा धेरै क्षति हुन्छ । दोश्रो गोडाइको समयमा उकेरा दिइन्ट । उकेरा दिने कार्य पहिलो गोडाई गरेको ३ देखि ४ हप्ता पछि गरिन्छ । यस समयमा मकै प्राय घूँंडासम्म वा सो भन्दा अग्लो भएको हुन्छ ।

मकै भांच्ने :

मकैको खोस्टा फुस्रो भई सुक्यो भने मकै पाकेको थाहा हुन्छ । कहिले काँही अन्य कारणले पनि खोेस्टा सुक्ने हूंदा मकैको दाना उप्काई खोयामा गाडिने भाग तिर कोट्याई हेर्दा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ । साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशत भन्दा कम भएपछि मकै भाँच्न उपयूक्त हुन्छ ।

भण्डारण :

मकैलाई जतिसक्दो बढी घाममा सुकाई भण्डारण गर्नुपर्दछ । भण्डारण गर्नको निमित्त १२ देखि १४ प्रतिशत चिस्यानमा ल्याउनु पर्दछ । चिस्यान बढी भएको मकै भण्डारण गर्नाले बढी घुन कीरा लाग्ने, कुहिने तथा बीउ नउम्रिने समस्या हुन्छ ।

कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com