• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN

गाई पालन

विनोद चौलागाईं/उज्यालो
January 18, 2017

निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ ।

 

सामान्यतया व्यबसायिक रुपमा गाई पाल्नेले  १० वटाबाट सुरु गर्नु राम्रो हुने गाईभैंसी अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत डाक्टर विनय श्रेष्ठ बताउनुहुन्छ । बैज्ञानिकहरुले नेपालको हावापानी सुहाउँने जर्सि र होलस्टेन जातका गाई पाल्नु राम्रो हुने सिफारिस गरेका छन् ।

१० वटा गाई भएको एउटा गोठमा सात वटा जर्सि तथा तीन वटा होलस्टेन राखियो भने किसानलाई व्यबस्थापनमा सजिलो हुन्छ । थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तराई र पहाडका ३–३ जिल्लामा गरेको एक अनुसन्धानले घाँसमा आधारित भएर गाई पाल्दा दिनहुँ दुई लिटर दुध उत्पादन बढेको पाईएको छ । यता दाना, पराल, नल, मकैको ढोड खुवाएर पालिएका गाईको भन्दा हरियो घाँस खुवाएर पालिने गाईभैंसीबाट उत्पादित दुधको लागत खर्च एक लिटरमा पाँच रुपैंया कम देखिएको छ ।

प्लान्ट एण्ड फुड रिसर्च न्युजिल्याण्डको सहयोगमा तराईका बाँके, सर्लाही र सुनसरी तथा पहाडका काश्कि धादिङ र काभ्रेमा तीन सय कृषकहरुमाझ गरिएको दिगो पशु आहारा अनुसन्धान कार्यक्रमबाट उक्त तथ्य पत्ता लागेको हो ।

त्यसैकारण गाई पाल्दा घाँसको व्यबस्थापन महत्वपुर्ण हुन्छ । कृषि बैज्ञानिकहरुका अनुसार एक वटा गाई पाल्न एक रोपनी जग्गामा घाँस खेती गर्ने योजना सँगसँगै बनाउनुपर्छ ।

अर्को महत्वपुर्ण बिषय गोठ व्यबस्थापनको हो । एउटा गाईले अर्को गाईलाई सामान्य अबस्थामा नछुने तरिकाले राख्नुपर्छ । बैज्ञानिक ढंगले बनाउँदा लम्बाई छ फिट र चौडाई चार फिट छुट्याईन्छ । घाँस तथा आहारा दिने ठाउँमा मल वा गोबर नलाग्ने हुनुपर्छ ।

पहाडी क्षेत्रमा गोठ बनाउँदा उत्तरदक्षिण र तराई क्षेत्रमा गोठ बनाउँदा पुर्वपश्चिम फर्किएको बनाउन सुझाब दिनुहुन्छ गाईभैंसी अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत डाक्टर विनय श्रेष्ठ ।

खोरेत रोगले गाईलाई दुःख दिन्छ । यो रोग लागेमा दुध उत्पादन आधा घट्ने र व्याउने गाई तुहिने सम्भावना रहेको गाईभैंसी अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर चेतराज उप्रेतीको भनाई छ । गाईमा लाग्ने अरु रोग पनि छन् ।

भ्यागुते, चरचरे, पटके, थुनीलो, बाँझोपन, साल अड्कने, भंडार फर्कने, बाच्छाबाच्छि अड्कने, गर्भ तुहिने जस्ता रोगले दुःख दिन सक्छ । तर यो रोगबिरुद्ध लड्ने भ्याक्सिनको प्रयोगले बच्नचैं सकिन्छ । बर्षमा एकपटक रोगबिरुद्ध लड्ने भ्याक्सिनको प्रयोग गर्न कृषि बिज्ञहरुको सुझाब छ ।

तपाई पनि गाई पालन गर्ने सोचमा हुनुहुन्छ भने एक पटक बिज्ञसँग सल्लाह गर्नु राम्रो हुन्छ ।

कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com