• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN

कागती खेती

IFA Krishi
January 18, 2017

# हावापानी :-

कागती खेती का लागि ७५० देखी १४०० मिटर सम्म उचाइ भएको क्षेत्र उत्तम हुन्छ भने यस्का लागि तापक्रम ५ देखी ३५ डि.सेन्टिग्रेड र वार्षिक बर्षा १००० देखी २००० मि मि सम्म उपयुक्त हुन्छ। कागती ले केही हद सम्म सुख्खा सहन् गर्न सक्छ तर तुसारो सहन् सक्ती निकै कम् हुन्छ।

 

# माटो :-

कागती खेतीका लागि पहाडी क्षेत्र को रातो माटो, मध्य तथा तराइ मा हल्का बलौटे दोमट् र पानी को राम्रो निकास भयको जमिन को सतह मुनी पनि डेढ देखी दुई मिटर माटो भयको जमिन उत्तम हुन्छ। 

कागती खेतिका लागि माटो को पि यच मान ५ देखी ७ उत्तम मानिन्छ।

 

# कागती का जात हरु :-

 

१, बनारसी :-

फल सानो ,लाम्चिलो र डल्लो आकारको हुन्छ। गरम हावापानी मा राम्रो उत्पादन दिन्छ। बर्ष भरी नै लगातार फल दिने गर्दछ।

 

२, स्थानिय :-

फल हरु लाम्चा र गोल आकार का हुन्छन हुन्छन। यो जात चिसो हावापानी र ओसिलो ठाउँ मा राम्रो सँग हुन्छ भने बोट फैलियको तर होचो आकार को हुन्छ ।बर्ष भरिनै फल लाग्छ भने यस्को फल रसिलो र तिख्खर हुन्छ ।

 

३, गलगल:-

फल अन्डा आकार को हुन्छ भने दाना अली ठुलो हुन्छ। बिशेष गरेर यो अचार,क्यान्डी र सर्बत् बनाउन प्रयोग गरिन्छ।

 

# बिरुवा प्रसारण् बिधी :-

 

कागती को बिरुवा प्रसारण् बिउ बाट र हाँगा मा गुटी बाधेर जरा उमारी गरिन्छ।

 

# खाडलको तयारी लगाउने समय र तरिका :-

 

माघ फाल्गुन तिर १ घन मिटर को खाडल् खनि प्रस्स्त गोबर मल ,पातपतिङर,खारनी राखेर खाडल भरी माटो ले छोपिदिनु पर्दछ र बर्षा सुरु भयपछी र बर्षा समाप्त हुनु १५ दिन पूर्व नै बिरुवा उक्त खाडल् मा रोप्नु पर्दछ। खाडल खन्दा खाडल् को दुरी ४ मिटर को अन्तर मा बनाउनु राम्रो मानिन्छ।

 

# मलखाद:-

 

बोट को बिकास एबम अधिक फल को लागि माघ फाल्गुन र अशाढ् साउन मा हरेक फल लाग्न सुरु गरेका बोट लाई १ पानी डोको राम्ररी पाकेको गोबर मल दिनु उत्तम हुन्छ।मल दिदा बोट को चारैतिर रिँग बनाएर दिनु राम्रो हुन्छ।

 

# सिन्चाइ :-

अमिलो जात का फल्फुल लाई खासै सिन्चाइ को आबसेकता नभयपनी सुख्खा परेको बेलामा भने पानी को कमी ले फुल झर्ने ,फल झर्ने ,फल चाउरिने ,सानो फल लाग्ने हुन्छ अत पानी न जम्ने गरी बोट को ओरिपरी बेसिन बनाइ पानी न जम्ने गरी सिन्चाइ गर्ने र सिन्चाइ गरिसकेपछी १ कुरेत बाक्लो हुने गरी सोत्तर को छापो दिनु राम्रो हुन्छ।

 

# गोड्मेल् :-

कागती को बगैचा लाई सदैब झारपात मुक्त बनाउनु पर्दछ । बगैचा भित्र लहरा न जाने बोडी ,सिमी ,केराउ , चना ,मुसुरो पनि लगाउन सकिन्छ। झारपात नियन्त्रण गर्न बाक्लो छापो दिदा पनि राम्रै हुन्छ।

 

# काँट् छाँट :-

जमिन को सतह मा आएका ,पानीसरा,सुकेका ,रोग लागेका र एक अर्कामा खप्टियका 

हाँगा हरु हटाउनु पर्दछ र काटेको ठाउँ मा र अन्य कान्ड मा निलोथुथो र कृषि चुन को लेप लगाउनु राम्रो हुन्छ।

 

# फल लिने समय :-

फल को बोक्रा को रङ हल्का पहेलो भएपछी फल टिप्नु राम्रो हुन्छ।

कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com