• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN

हाँस पालन (Duck Farming)

रामेश्वर सिंह पाण्डे/कृषि पत्रिका
January 19, 2017

हाँसहरू फुल तथा मासुको लागि पालिन्छन् । नेपालमा प्रायः तराई क्षेत्रमा थारू तथा अन्य समुदायले आफ्नो घरायसी प्रयोजनका लागि थोरबहुत मात्रामा गर्दछन्, व्यावसायिक रूपमा हाँसपालन गरेको पाइन्न । कतिपय धार्मिक कार्यकालागि हाँस र हाँसको फुल नै चाहिन्छ । हाँस कुखुराको मासुको राम्रो विकल्प हुन सक्छ ।
सरकारीस्तर नेपालका प्रायः सबै मत्स्य विकासफार्महरूमा माछासँगै हाँस पाल्ने गरिन्छ । हाँसहरू जङ्गली तथा पालतु दुवैथरिका हुन्छन् । पालतु हाँसको वैज्ञानिक नाउँ अनास प्लाटाइरीन्कोस हो । नेपालमा हाँसको सङ्ख्या करिब चार लाख भएको अनुमान छ । कुल हाँसमध्ये आधाआधी हाँस अण्डा पार्ने अवस्थाका छन् । हाँसबाट करिब एक करोड तीसलाख अण्डा र २१५ मे.टन मासु वर्षेनी प्राप्त हुने गर्दछ ।
नेपालमा हाँसपालन विकासका लागि सरकारी स्तरमा सर्वप्रथम सन् १९७० सालमा हेटौंडा माछा विकास फार्ममा हँगेरीबाट पेकिङ हाँस आयात गरी हाँसपालनको विकास गरिएको हो । पुनः सन् १९७५ मा बैड्ढकबाट पेचीङ र हङकङ क्रस जातका हाँसको भाले लागेको अण्डा झिकाई हेटौंडामा पाल्न लगाइएको हो ।
हाँस पालनबाट फायदा
क) हाँसलाई रोगव्याधी कम लाग्छ,
ख) कुखुरा भन्दा निकै मजबूत हुने भएकोले प्रतिकूल परिस्थितिमा पनि हाँस पाल्न सकिन्छ,
ग) पानी जम्ने घोल जगा, खोला, नदि, ताल तलैयाको किनारा आदिमा हाँस पालन व्यवसाय सफलतापूर्वक गर्न सकिन्छ ।
घ) यिनीहरूले जे पायो त्यही खाने भएकोले भान्साको उब्रेको वस्तुहरू घाँसपात, शङ्खेकीरा, ढूटो इन्यादि खुवाएर पनि हाँस पालनमा सफलतासाथ गर्न सकिन्छ,
ङ) सस्तो किसिमको घरमा पनि हाँस पाल्न सकिन्छ,
च) हाँस र धानखेती सङ्युक्तरूप गर्न सकिन्छ जसबाट प्रति इकाई जग्गाबाट बढी फायदा लिन सकिन्छ
छ) त्यस्तै हाँस र माछा पालन सङ्युक्तरूप गर्न सकिन्छ, मस्त्य फार्महरूमा हाँसपालन निकै लोकप्रिय हुँंदै गएको छ । हाँसको सूलीले पोखरीलाई मलिलो पार्दछ ।
ज) इजराइल तथा अस्टे«लियामा हाँसलाई पोखरीविना पनि पाल्ने गरिन्छ ।
हांसको उन्नत जातहरू
क) पेकिङः यो हाँसको उत्पत्ति चीनमा भएको हो । अति चाँडो बढ्न सक्ने सेता प्वाँख भएका र पहेँलो छाला यसको विशेषता हो ।
ख) रवाकी क्याम्पवेलः यो युरोपमा अति लोकप्रिय जातको हाँस हो । यसको विकास स्थानीय जातसँग इन्डियन रनरको क्रस गराइ भएको हो । रवाकी क्याम्पवेल हल्याण्डमा विकास गरिएको छ । ग) इण्डीयन रनरः यो सेतो रङ्गको भारतेली मूलकोे हाँस हो । यो हाँस घाँटि ढाडो गरी उभिन्छ र हेर्दा रामा्रे देखिन्छ ।
हाँस व्यवस्थापनः
हाँसको भाले तथा पोथीहरूको रङ्ग अलग अलग हुन्छ । भालेको आवाज केही धोद्रो हुन्छ तर पोथीको स्वर चर्को तथा तीखो हुन्छ । हाँँस ५ –६ महिनाको उमेरमा वयस्क हुन्छन् । पोथी सवा दूई किलो र भाले ढार्ई किलोको हुन्छ । स्थानीय हाँसले ६०– ७० वटा र विकासे उन्नत हाँसले एक बर्षमा ३०० वटाभन्दा बढी फुल पार्दछन् । फुलहरू २१ देखि २८ दिनसम्म कोरलेर चल्ला काढ्दछन् । अण्डा कुखुराको भन्दा केही ठूलो करिब ६८ ग्रामको हन्छ । पोथी हाँसहरूले बिहानीपख ओथारो मै फुल पार्दछन् । हाँस केही दहेखाले पक्षी भएकोले यिनीहरूलाई साधारण खोर तथा दाना आहारा दिएर पनि पाल्न सकिन्छ । तर हाँसलाई खेल्नको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ । साधारणतया प्रति हाँस ३–४ वर्गमिटर पानीको क्षेत्र उपलब्ध गराउनु पर्छ । प्रजननका लागि पालिने हाँसका लागि प्रति भाले पाँचवटा पोथीका दरले व्यवस्था मिलाउनु पर्छ ।
हाँसहरू प्रायः सबै प्रकारका खानेकुराहरू खाने गर्दछन् । यिनीहरूको प्वंाख आए पछि तलाउ, पोखरी, नदि नालाहरूमा घांस, कीरा, माछा तथा शखेंकीराहरू खोजेर खान्छन् । बढदो तथा अण्डा पार्ने पोथी हाँसलाई राम्रो सन्तुलित आहारा खुवाउनु पर्दछ । हाँसको आहारा निम्न अनुसार बनाउन सकिन्छः धान वा गहुँको ढुटो ( २० भाग), मक (३५ भाग), भटमासको पिना (३० भाग), सिद्रा (५ भाग), चून ढुङ्गा (४ भाग), हरियो घाँसपात (खानसके जति करिब ५ भाग), नून (शुन्य दहमलव पाँच भाग), माछाको तेल (शुन्य दशमलव पाँच भाग)। हाँसहरूलाई आहारा पानीमा मोक्राएर खूवाउनु पर्दछ । हाँसलाई प्रशस्त मात्रामा पानी पिउन दिनु पर्दछ । हाल कुखुरापालन व्यवसाय रोग र अन्य कारणले सङकटग्रस्त हुँदै गएको अवस्थामा व्यावसायिक रूपमा हाँस पालेर राम्रो आम्दानी लिन सकिन्छ ।

कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com